अाज पाकिस्तानको ७८ औँ राष्ट्रिय दिवस, काठमाण्डौमा पनि मनाइयो

काठमाण्डौ, ९ चैत्र । पाकिस्तानको ७८ औँ राष्ट्रिय दिवस नेपालस्थित पाकिस्तानी दूतावासले विशेष कार्यक्रमको आयोजना गरि मनाएकाे छ ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा. मज्हर जावेदले आफ्नो मुलुकको झन्डा फहराएका थिए । त्यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले जारी गरेका सन्देश वाचन गरिएको थियो ।

त्यस्तै पाकिस्तानी राजदूत जावेदले नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिकका साथै नेपाल–पाकिस्तान मैत्री समाजका पदाधिकारीको उपस्थिति थियो ।