Breaking News

सवारी दुर्घटनामा १ को मृत्यु, १ घाइते

बारा, ९ चैत्र । पथलैया–वीरगञ्ज सडक खण्डको जितपुरमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ ।

सिमरा उपमहानगरपालिका–२ सिमराको नेपाल टेलिकम अगाडि शुक्रबार बिहान ट्रिपरले मोटरसाइकललार्इ ठक्कर दिंदा मकवानपुरको मनहरी गाँउपालिका निवासी २५ वर्षीय लक्ष्मण लामाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाँउका मोटरसाईकल चालक २६ वर्षीय कर्म लामा घाइते भएका छन् । घाइते लामालार्इ उपचारका लागि अल्पाइन अस्पताल सिमरामा पुर्‍याएको प्रहरीले जनाएको छ ।

माटो लोड गरेर सिमराबाट पथलैया जाँदै गरेको ना. ७ ख २३३९ नंबरको ट्रिपरले विपरीत दिशातर्फ आउँदै गरेको ना. १९ प ३८४१ को मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए ।

प्रहरीले ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

shares