जुकरबर्गको भारतीय कांग्रेससँग साँठगाँठ रहेको भाजपाको अारोप

नयाँ दिल्ली, ८ चैत्र । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले अमेरिकालगायत अन्य देशमा गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागिरहेको बेला भारतमा पनि यसले चर्चा पाएको छ ।

भाजपाका वरिष्ठ नेता एवं केन्द्रीय मन्त्री रविशंकर प्रसादले उक्त कम्पनिको भारतीय कांग्रेससँग साँठगाँठ रहेको अारोप लगाउँदै फेसबुकका सीर्इअो मार्क जुकरबर्गलार्इ भारतमा डाटाको फेरबदल गरी चुनावलार्इ प्रभावित गर्ने काम भएमा अाफूले नसहने चेतावनी दिएका छन् ।

प्रसादले क्याम्ब्रिज एनालिटिकाले अाफ्नो ग्राहकलार्इ चुनावमा जिताउन घूस एवं फेसबुकको डाटाको गलत ढंगले उपयोग गरेको बताए । अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेद्वार डोनाल्ड ट्रम्पका लागि माहौल बनाउन फेसबुकबाट ५ करोड मानिसको डाटा चोरी भएको थियो ।

हाल भारतमा २० करोड फेसबुक प्रयोगकर्ताहरू रहेको तथ्यांकले देखाएको छ । यस्तैमा, नेता प्रसादले कांग्रेस नेता राहुल गान्धीको सामाजिक संजालमा फलोअर्सको संख्या बढ्नुमा शंकाको विषय रहेको बताएका छन् । सन् २०१९ मा हुने लोकसभाको चुनावलार्इ प्रभावित गर्न कांग्रेसले फेसबुकको गलत प्रयोग गर्न सक्ने अारोप उनको छ ।

तर भाजपाले कांग्रेसलार्इ लगाएको अारोपको खण्डन गर्दै सरकारले दुष्प्रचार गरेको अारोप लगाएको छ ।