Breaking News

जेलमा रहेका बालकृष्ण ढुंगेलको गीति एल्बम सार्वजनिक

काठमाण्डौ, ८ चैत्र । डिल्लीबजार खोरमा रहेका बालकृष्ण ढुंगेलको शब्द रहेको गीति एल्बम सार्वजनिक भएको छ ।

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, पूर्व संचारमन्त्री राम कार्की, पूर्व शिक्षा मन्त्री डिआर पौडेल, लेखक युग पाठक र छोरी विनिता ढुङ्गेलले ढुंगेलले लेखेका शब्दमा ‘खाली खुट्टे’ एल्वमको बिहीबार काठमाडौंमा विमोचन गरेका हुन् ।

ओखलढुंगाका माओवादी केन्द्रका नेताहरूले कार्यक्रमलाई संयोजन गरेर ढुंगेलका गीत विमोचन कार्यक्रमको आयोजना गरेका थिए । ढुंगेल ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा डिल्लीबजार कारागार सजाय भोगिरहेका छन् ।

ढुंगेलले एल्बमका गीतहरू जेल चलान हुनुअगाडि नै लेखेका बालकृष्ण ढुंगेलकी छोरी विनिता ढुङ्गेलले जानकारी दिइन् । गणतन्त्रका लागि लडेका आफ्ना पिताले सम्मान पाउनुको सट्टा जेलमा कोचिनु दुखद परिघटना भएको विनिता ढुङ्गेलले बताइन् ।

विमोचन गरिएको गीतमा गायिका अञ्जु पन्त, चेतन सापकोटा, शिव परियार, दीपक लिम्बु लगायतका गायक गायिकाले स्वर दिएका छन् ।

shares