चीनले ‘वान बेल्ट वान रोड’ परियोजनाको लागि १४.५० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाण्डौ, ३१ वैशाख । चीनले ‘वान बेल्ट वान रोड’ परियोजनाको लागि १४.५० मिलियन अमेरिकी डलर लगानी गर्ने बताएको छ ।

चीनको राजधानी बेइजिङमा चलिरहेको ‘बेल्ट एन्ड रोड फोरम’ मा चीनका राष्ट्रपति सि जिनपिङले ‘वान बेल्ट वान रोड’ परियोजनाका लागि उक्त रकम लगानी गर्ने आश्वासन दिएका हुन् । उनले भने, ‘यो अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हो र यसले पूरै दुँनियालाई लाभ मिल्नेछ ।’

उक्त कार्यक्रममा अमेरिका, पाकिस्तान लगायत २९ देशले भाग लिएका छन् ।