Breaking News

प्रयोगकर्ताको डाटा चोरी भएको जुकरबर्गद्वारा स्वीकार

काठमाण्ठौ, ८ चैत्र । फेसबुकका संस्थापक मार्क जुकरबर्गले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेका छन् ।

राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ । केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ ।

केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको थियो । यो प्रकरणपछि फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकारेका हुन् ।

उनले यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

shares