Breaking News

कर्णालीलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मुख्यमन्त्री शाहीको अठोट

काठमाण्डौ, ८ चैत्र । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रूपमा विकास गर्ने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावकाबीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रूपमा विकास गरी भ्रष्टाचार मुक्त प्रदेशका रूपमा परिचित गराउने बताए ।

देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा टेवा पुुर्याउने भन्दै शाहीले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रूपमा केन्द्र सरकारले कानूनमै सम्बोधन गर्नु पर्ने बताए ।

प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताए ।

प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदा समेत विभिन्न खालका समस्या देखिएको उनले बताए । कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्न र पूर्ण रूपमा विषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उनले बताए ।

shares