कोरिया जान चाहनेका लागि ईपीएस परीक्षाको आवेदन खुल्यो

काठमाण्डौ, ८ चैत्र । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुल्ला भएको छ ।

(ईपीएस) परीक्षाको भाषा आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था गरिएको छ । तर बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिने व्यवस्था गरिएको छ ।

ग्लोबल आईएमई बैंकका शाखाहरूमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन जम्मा भएको थियो । फारम भर्ने म्याद चैत १७ गतेसम्म रहेको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।