Breaking News

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गिय शुशिल कोइरालका कान्छा भाई विजय काेइरालाकाे निधन

काठमाण्डौ ८ चैत्र । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गिय शुशिल कोइरालका कान्छा भाई विजय काेइरालाकाे अाज उपचारकाक्रममा निधन भएकाे छ ।

७१ बर्षिय काेइरालालाई उपचारका लागि गृहनगर नेपालगञ्जबाट दुई साता अघि काठमाण्डौ ल्याईएकाे थियो । बीर अस्पतालमा उपचारका लागि भर्ना भएका काेइरालालाई थप उपचारकाक्रममा ३ दिन अघि मात्र मेडिसिटी अस्पताल भर्ना गरिएकाे थियो ।

रगतमा संक्रमण र निमोनियाका कारण अाज विहान काेइरालाकाे निधन भएकाे हो । उहाँ नेपाली कांग्रेस बांके क्षेत्र नम्बर २ काे क्षेत्रिय सदस्य हुनुहुन्छ । ६ जना दाजुभाई मध्ये काेइराला सबैभन्दा कान्छा हुन । उहाँका श्रीमति, १ जना छोरा र १ जना छोरी छन ।

काेइरालाकाे अाज दिउसो ३ बजे पशुपति अार्यघाटमा अन्त्यष्टी गरिने उहाँका भतिजा सुधा‌ंशु काेइरालाले बताए ।

shares