Breaking News

भारतमा सन् २०५० सम्म खानेपानीको चरम संकट हुने

काठमाण्डौ, ८ चैत्र । सन् २०५० सम्ममा भारतमा पानीको चरम अभाव देखिने एक अध्ययनले देखाएको छ । भारतमा अागामी दिनहरूमा अौषत वार्षिक पानीको उपलब्धतामा निकै कमी अाउने देखिएको हो ।

एक रिपोर्टको अनुसार सन् २००१ मा १८२० प्रति व्यक्ति क्युविक मिटर पानी रहेकोमा सन् २०११ मा अाइपुग्दा उक्त पानीको उपलब्धता घटेर १५४५ भएको थियो । यो पानीको मात्रामा अाएको गिरावट अागामी वर्षहरूमा पनि निरन्तर रहने देखिएको छ ।

सन् २०२५ मा १३४१ क्युविक मिटर हुने र सन् २०५० मा अझै घटेर ११४० क्युविक मिटर हुने प्रक्षेपण गरिएको छ । युनेिस्कोले पनि हालै एउटा रिपोर्ट जारी गर्दै सन् २०५० सम्ममा चरम जल संकट उत्पन्न हुने जनाएको छ । अागामी वर्षहरूमा ४० प्रतिशत जल संसाधनमा कमी अाउने देखिएको छ भने जसको कारण भारतले व्यापक पानीको अभाव झेल्नुपर्नेछ ।

पहिलेदेखि नै पानीको संकट भोगिरहेको उत्तर भारतको अवस्था निकट भविष्यमा झन् दयनीय हुने युनेस्कोले जनाएको छ । दक्षिणमा समेत पानीको गुणात्मक स्तरमा कमी अाउनेछ । जमिनमा फोहोर पदार्थको डम्पिङ, खुल्ला क्षेत्रमा दिशा-पिसाव अादि कारणले जल प्रदुषण बढ्ने बताइएको छ । एजेन्सीकाे सहयोगमा ।

shares