Breaking News

नेपाली बालिका फकाएर बेच्न लागेको अारोपमा भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत्र । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्न भारत लैजान लाग्न लागेको आरोपमा सुस्ताका बासिन्दाले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरीलाई फकाएर भारत लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

मदिरा सेवनका नाममा बहानामा दिनहुँ घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको भनाइ छ ।  बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए ।

स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए। आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानविन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए। -रासस

shares