Breaking News

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला, ८ चैत्र । हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ भने हिमपातका कारण चिसो बढेको छ ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । तर हिमपात भएपछि यहाँका कृषक बालीनाली सप्रने आशामा खुसी भएका छन् ।

हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले अाज बिहान ८ बजेदेखि परीक्षा दिन जाने एसइईका परीक्षार्थीहरूलाई कष्ट भएको छ ।

shares