Breaking News

प्रधानमन्त्री अोली भारत भ्रमणको तयारी गर्दै

काठमाण्डौ, ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली चैत्र तेस्रो साता भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री अोली अगामी चैत २३ देखि २५ सम्म तीन दिने भ्रमणका लागि भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयलेे जनाएको हो। यद्यपी भ्रमणको आधिकारिक मिति भने परराष्ट्रले अझै सार्वजनिक गरेको छैन।

ओली दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक विभिन्न अवसरमा भारत भ्रमणको निम्तो दिएका थिए । भारत भ्रमणका लागि प्रधामन्त्री ओलीलाई औपचारिक पत्र समेत आइसकेको परराष्ट्र स्रोतले जनाएको छ ।

हाल भारतको भ्रमणमा रहेका उद्योग वाणिज्य मन्त्री मात्रिका यादव प्रधानमन्त्री ओलीको भ्रमणको वातावरण बनाउन भारत गएको पनि स्रोतले बताएको छ ।

shares