Breaking News

अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने

काठमाण्डौ, ८ चैत्र । अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको छ ।

अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको हो । सो मुद्दामा लामो समयदेखि छलफल भएपनि असफल भएकाले नाकाबन्दी लगाउने तयारी गरिएको ट्रम्प प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले सम्भवतः बिहीबार नै यसबारे घोषणा गर्नेछ । ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी गरे विश्वव्यापी रूपमै व्यापार युद्ध हुनसक्ने आशंका गरिएको छ ।

अमेरिकाको नयाँ घोषणामा करमा उच्च वृद्धि, लगानीमा प्रतिबन्ध, स्थानीय कम्पनीहरुसँग साझेदारीमा रोक लगाउनेलगायत रहेको अधिकारीले बताएका छन् । – एजेन्सी

shares