उपराष्ट्रपति पुनले लिए शपथ

काठमाण्डौ, ५ चैत्र । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए । चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेपनि पुनविरुद्ध कसैको पनि उम्मेद्वारी नपरेपछि आयोगले आइतबार पुन निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।