Breaking News

जनता भाषण नभई एक्सन चाहन्छन्: दाहाल

काठमाण्डौ, ५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले भाषण नभई एक्सन चाहेको बताएका छन् ।

माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले मुलुक रुपान्तरणको बाटोमा अघि बढिसकेको भन्दै अब काम गरेर देखाउने बेला आएको जिकिर गरे ।

दाहालले कम्युनिष्टहरूले रणनैतिक रूपमा उद्देश्यहरू बदलेपनि प्रमुख उद्देश्य समाजवादको यात्रा चाहिँ नबदलेको बताए । उनले समाजवादी आन्दोलनको तयारी गर्ने अभियानमा आफूहरू संग्लग्न रहेको उल्लेख गरे ।

समृद्धि र स्थायीत्वका लागि सांस्कृतिक आन्दोलन मार्फत त्यसलाई विचलन आउन नदिन दाहालले आग्रह गरे । विभिन्न परिवर्तनका लागि शहीदहरूको भूमिका सबै स्मरणीय रहने भन्दै दाहालले पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको समेत बताए ।

कार्यक्रममा जीवन शर्मा, विमल निभा, सीता आचार्यलगायतलाई सम्मानसमेत गरिएको थियो भने जनवादी कलाकारले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

shares