August 18, 2017

उत्तर कोरियाले पुनः ब्यालेष्टिक मिसाइल परीक्षण गर्‍यो

काठमाण्डौ, ३१ वैशाख । आणविक कार्यक्रमको विषय उत्कर्षमा रहेको बेला उत्तर कोरियाले पुनः ब्यालेष्टिक मिसाइल परीक्षण गरेकाे छ ।

उत्तर पश्चिम सुसङ क्षेत्रबाट परीक्षण गरिएको मिसाइल २ हजार किलोमिटर परसम्म पुगेको जापानी अधिकारीहरूले बताएका छन् । यसअघि उत्तर कोरियाले गरेका दुई मिसाइल परीक्षण असफल भएका थिए । उत्तर कोरियाली नेता किम जोङ उन आणविक कार्यक्रम विषयमा छलफल तयार भएको भनिएको भोलिपल्टै मिसाइल परिक्षण गरिएको हो ।

आणविक कार्यक्रममा छलफल गर्न दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरिया जाने बताएका थिए । उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने अन्तर महाद्वीप ब्यालेष्टिक मिसाइल विकास गरेको बताएपछि अमेरिका र उत्तरकोरियाको द्वन्द चुलिएको छ ।