Breaking News

एक नेपाली युवाको पहलमा सच्चिने भयो थाइल्याण्डको पाठ्यक्रम

काठमाण्डौ, ५ चैत्र । थाइल्याण्डका विद्यालयहरूमा भगवान बुद्धको जन्म भारतमा भएको भन्ने त्रुटिपूर्ण पाठ्यक्रम एक नेपाली युवाको पहलमा सच्चिने भएको छ ।

थाइल्याण्डमा प्राथमिक तह (कक्षा एक, दुर्इ र तीन) का विद्यार्थीले अध्ययन गर्ने सामाजिक विषयमा ‘भगवान बुद्धको जन्म प्राचीन कपिलवस्तुमा भएको र सो ठाउँ अहिले भारतमा पर्ने’ भन्ने उल्लेख छ । थार्इ सरकारले नै लागू गरेको पाठ्यक्रममा त्यस्तो त्रुटि रहेको हाल थाइल्याण्डमा व्यवसाय गरिरहेका लमजुङका सुनिल भट्टले फेला पारेका थिए ।

सो त्रुटि सच्याउन पहल गर्न अाग्रह गर्दै भट्टले गत फेब्रुअरी २० मा बैंककस्थित नेपाली दूतावासलार्इ र्इ-मेल गरेका थिए । उनले पाठ्यक्रममा भएको त्रुटिको फोटो, पब्लिकेशन गृहको नाम अादि संलग्न गरी र्इ-मेल गरेका थिए । हिमालय टिभीसँग कुराकानी गर्दै भट्टले भने, “मैले मेल गरेपछि नेपाली दूतावासले विभिन्न प्रमाणसहित थार्इ सरकार र प्रकाशन-गृहमा पत्राचार गरिदियो । यो विषयमा यहाँको सरकार र प्रकाशन-गृहले क्षमा माग्दै भूल सच्याउने बताएको छ ।”

प्राथमिक तहको पाठ्यक्रम छाप्ने ‘एकेएसअोअारएम’ले नेपाली दूतावासलार्इ अबको संस्करणमा यस्तो त्रुटि सच्याउने नमूनासहित पत्राचार गरेको भट्टले बताए । भट्ट भन्छन्, “९५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको थाइल्याण्डमा यस्तो भ्रमपूर्ण शिक्षा फैलाइँदै रहेछ । मेरो देश नेपालमा जन्मेका बुद्धका बारेमा यस्तो ठूलो भ्रम फैलिएको देख्दा अत्यन्तै मर्माहित भएँ र बुद्ध नेपालमै जन्मेका हुन् भन्ने प्रमाणसहित मैले सम्बन्धित निकाय र नेपाली दूतावासमा पेश गरें । त्यसपछि नेपाली दूतावासले यो विषयमा तत्काल पहल गर्‍यो । थार्इ पक्षले पनि गम्भीरतापूर्वक त्रुटि स्वीकार गर्‍यो ।”

भट्टको यो कदमको सह्राना गर्दै दूतावास भन्छ, ‘हामी यो विषयमा अनभिज्ञ रहेको अवस्थामा भट्टले जानकारी गराएपछि तत्कालै थार्इ सरकारको ध्यानाकर्षण गरायौं । ध्यानाकर्षणपछि थार्इ सरकार र प्रकाशन-गृहले क्षमा माग्दै गम्भीर भूल भएको र तत्कालै सच्याउने बताएको छ ।”

थाइल्याण्डमा वर्षेनी ५ लाख बालबालिकाले प्राथमिक तह पार गर्छन् । थाइल्याण्डको मध्य-दक्षिणमा पर्ने बाहिन जिल्लास्थित बाहिन प्राथमिक विद्यालयको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मेका हुन् भनी पठनपाठन गराउँदै अाइरहेको छ ।

shares