Breaking News

नेपाल इञ्जिनियर्स एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलन हुने

काठमाण्डौ, ५ चैत्र । नेपाल इञ्जिनियर्स एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलन आगामी सातदेखि नौ गतेसम्म काठमाण्डौमा हुने भएको छ ।

हरेक दुई-दुई वर्षमा हुने सम्मेलन यस वर्ष समृद्ध संघीय नेपालको लागि इञ्जिनियरिङ विषयमा केन्द्रित रही आयोजना गर्न लागिएको एशोसिएसनले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जनाएको हो ।

राष्ट्रिय पूर्वाधार विकास र जनताको जीवनस्तरको सुधारका लागि उक्त सम्मेलन महत्वपूर्ण हुने विश्वास लिएको एशोसिएसनका अध्यक्ष इञ्जिनियर हरेराम श्रेष्ठले जानकारी दिए । सम्मेलनमा जलवायु परिवर्तन, प्राविधिक जनशक्ति व्यवस्थापन, अनुसन्धान र विकास, सार्वजनिक निजी साझेदारी लगाएतका विषयमा कार्यपत्र प्रस्तुत हुने उनले जानकारी दिए ।

त्यस्तै सम्मेलनका अवसरमा स्वदेशमा नै ईञ्जिनियरिङ शिक्षा र ईञ्जिनियरिङका विभिन्न विधामा भएका अनुसन्धान विकास विस्तारका उपयोगी प्रविधिहरूको प्रर्दशन पनि रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सम्मेलनको चैत्र सात गते काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्द बहादुर पुनबाट उद्घाटन हुने आयोजकले जनाएको छ ।

shares