प्रहरीले नै भगाउँछन् जुवा सञ्चालक

काठमाण्डौ, ५ चैत्र । काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ र सतुंगल क्षेत्रमा प्रहरीले नै अवैध जुवा संचालकलाई संरक्षण गर्ने गरेको पाइएको छ । काठमाडौंको मुख्य नाका थानकोट नजिक सतुंगल, बलम्बु, गुर्जुधारालगायत ठाउँहरूमा गोप्य रूपमा संचालन भइरहेका अवैध जुवाघरमा प्रहरी वृत थानकोटमा दरबन्दी भएर हाल बलम्बुमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द साउदले जुवा संचालकहरूलाई संरक्षण दिने गरेको सूचना बाहिर आएको हो ।

सहायक निरिक्षक साउदले पक्राउ गर्न जानु पहिले नै जुवा संचालकलाई भगाउने गरेको र खेलमा संलग्नहरू मात्र पक्राउ पर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक ब्यक्तिले हामीलाई बताएका छन् । बोसीगाउँमा जुवा संचालन गर्ने चन्न्द्रागिरी-९ मच्छेगाउँका हिरा शाहीले जुवा संचालन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी हरेक पटक सो क्षेत्रमा पुग्दा उनी हरेक पटक फरार हुने गरेका छन् । जुवा संचालक हिरा शाही र बलम्बु प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द साउदले सूचना दिर्इ पक्राउ गर्न जानुपूर्व नै संचालक शाहीलाई भगाउने गरेको खेलमा संलग्नहरूको भनाइ छ ।

त्यस्तै पिकनिक भन्दै बोलाउने र तास खेलाउने पेशा गर्दै आएका सतुंगलकै निरज प्रजापतिसँग पनि साउदको साँठगाँठ रहेको पाइएको छ । केही समयअघि गोप्य सूचनाकै आधारमा प्रजापतिलाई पक्राउ गर्न गएको थियो । तर प्रहरी प्रभागबाट हिंडेसंगै सूचना दिएर भगाइएको बताइएको छ ।

प्रजापति निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याकण्डमा मुछिएका व्यक्ति पनि हुन् । त्यस्तै सतुंगलमै अवैध पोट संचालन गराउदै आएका अर्का दुध डेरी संचालकसँग पनि साउदको मिलेमतो रहेको पाइएको छ भने यातायात कार्यालय गुर्जुधाराका बिचौलियाहरूसँग समेत मिलेर काम गर्ने गरेको स्वयम् विचौलियाहरूले नै बताएका छन् ।