September 23, 2017

निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगको दाबी

काठमाण्डौ, ३१ वैशाख । निर्वाचन आयोगले ३४ जिल्लामा आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको जनाएको छ ।

आयोगले आज साँझ गरेको पत्रकार सम्मलेनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले मताधिकर प्रयोग गरेको जानकारी दिए । यादवले छिटपुटका घटना बाहेक निर्वाचन शान्तिपूर्ण भएको बताए ।

त्यस्तै आयोगले निर्वाचनमा मतदाताहरुकाे निकै उत्साहजनक सहभागिता रहेको पनि बताएको छ