२० हजार रुपैया घुस सहित नगरपालिकाे लेखापाल पक्राउ

सिरहा ४ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान अायोगकाे टोलीले सिरहामा एक लेखापाललाई पक्राउ गरेको छ ।

आयोगको बर्दिवास कार्यालयवाट खटिएकाे टोलीले कल्याणपुर जब्दी नगरपालिकाका लेखापाल जयराम चौधरीलाई २० हजार रुपैया घुसकाे रकम सहित रंगेहात पक्राउ गरेको हो ।

चाैधरी नगरपालिका कार्यालयको सामग्री मर्मतको बिल भुक्तानीमा २० हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ परेका हुन  । उनलाई थप अनुसन्धानका लागि बर्दिवास लगिएको छ ।