September 23, 2017

पुने ९ विकेटले विजयी, प्लेअफ समिकरण पूरा

काठमाण्डौ, ३१ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा पुनेले पञ्जाबलाई ९ विकेटले हराएको छ ।

जितसँगै प्लेअफको समिकरण पूरा भएको छ । प्लेअफको तालिकामा मुम्बई पहिलो स्थानमा छ भने पुने, सनराईज र कोलकत्ता क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५.५ ओभरमा सबै विकेट गुमाएर केवल ७३ रनमात्र बनाउन सक्यो । उसका लागि अक्षर पटेलले सर्वाधिक २२ रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल प्रस्तुत गर्न सकेनन् ।

पञ्जाबलाई कम स्कोरमा समेट्न शार्दुल ठाकुरले कसिलो बलिङ गर्दै ४ ओभरमा १९ रन खर्चिदैं ३ विकेट लिए । त्यस्तै जयदेव उनाडकाट, एडम जम्पा र डेनियल क्रिस्चियनले समान २–२ विकेट लिए ।

७४ रनकाे झिनो लक्ष्य पछ्याउने क्रममा पुनेले १२ ओभरमा १ विकेटको क्षतिमा ७८ रन बनायो । उसका लागि राहुल त्रिपाठीले २८, अजिन्क्या राहाणेले नटआउट बनाए ।

पञ्जाबका लागि एकमात्र विकेट अक्षर पटेलले लिए । अाजकाे दाेस्राे खेलमा दिल्ली डेयरडेभिल्स र राेयल च्यालेन्जर्स बैग्लाेर दिल्लीकाे फिराेज शाह काेटलामा भिड्दैछन् ।