Breaking News

घोषणापत्रमा उल्लेखित सबै काम ५ वर्षभित्र सम्पन्न गरिने मन्त्री महासेठको दाबी

काठमाण्डौ, ४ चैत्र । भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन् ।

आइतबार रिपोर्टस क्लब नेपालले काठमाडौंमा गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरू सम्पन्न गरेरै छाड्ने बताए ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए । नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने धारणा पनि राखे ।

उनले विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न पनि आग्रह गरे । विगतको जस्तो अस्थिर सरकार अहिलेको नभएकाले पाँच वर्षभित्रमा सबै काम गर्न सकिने उनको भनाइ छ ।

राजपालाई सरकारमा ल्याउनका लागि कैलाली घट्नाका योजनाकार रेशमलाल चौधरीलाई छुट दिन खोजिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले वर्तमान सरकारले कानून विपरीत गएर कुनै पनि काम नगर्ने बताए ।

अहिलेको सरकारले अपराधलाई निरुत्साहित गर्दै मुलुकमा व्याप्त सबैखाले अपराध समाप्त पार्ने दाबी महासेठको छ ।

shares