राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित

काठमाण्डौ, ४ चैत्र । राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित भएकी छिन् ।

कुल ५९ मध्ये ५६ जना सदस्य उपस्थित राष्ट्रिय सभामा दाहालको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो । दाहाललाई दीनानाथ शर्माले प्रस्ताव गरेका थिए भने दिलकुमारी रावलले समर्थन गरेका थिए ।

दाहालविरुद्ध कांग्रेसले विन्दादेवी आले रानालाई उम्मेद्वार बनाएको थियो । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पनि माओवादी केन्द्रका उम्मेद्वार दाहाललाई समर्थन गरेको थियो ।