राष्ट्रियसभा सदस्य यादवले लिए शपथ

काठमाण्डौ, ४ चैत्र । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार यादवलाई शपथ गराएका हुन् । राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आइतबार शपथ लिएका हुन् ।

राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २ बाट निर्वाचित भएका थिए ।