काठमाण्डौंमा ‘ग्लोबल एड्भेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने

काठमाण्डौ, ४ चैत्र । पर्यटन बोर्डको आयोजनामा काठमाण्डौंमा ‘ग्लोबल एड्भेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने भएको छ ।

बोर्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्च २२ देखि २५ तारिखसम्म काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो । एक्स्पोमा ३० भन्दा बढी साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरू सहभागी हुनेछन् ।

विश्वका विभिन्न मुलुकबाट २ सय ५० जनाभन्दा बढी पर्यटन विज्ञहरू पनि एक्स्पोमा सहभागी हुने बताइएको छ । एक्स्पोमा ३ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिइन् ।

एक्स्पोमा नेपालको साहसिक पर्यटन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने गन्त्व्यका बारेमा पनि जानकारी गराइने उनले जानकारी दिइन् । एक्स्पोमा विश्वका माउन्टनेरिङ क्षेत्रमा उपयोग हुने नयाँ–नयाँ प्रविधिको बारेमा पनि जानकारी लिने व्यवस्था पनि गरिने उनको भनाइ छ ।

एक्स्पोले नेपालको साहसिक पर्यटनलाई सवल , सक्षम र अझ अघि बढाउन थप मद्धत पुग्ने बिश्वास पर्यटन बार्डले लिएको छ ।