Breaking News

दिपक मनाङेविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाण्डौ, ४ चैत्र । प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।

मनाङ्गे नेपाल बाहिर रहेको सूराकीको अाधारमा प्रहरीले उनको नाममा रेडकर्नर नोटिस जारी गर्ने पहल गरेको थियो ।

यसअघि २ माघमा तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सँजाय सुनाएको थियो ।

shares