Breaking News

भक्तपुरमा अागलागी हुँदा एक लाखको क्षति

भक्तपुर, ४ चैत्र । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी आइतबार बिहान गाईलाई कुँडो पकाउने क्रममा अचानक आगलागी हुँदा एक लाख रुपैंया बराबरको क्षती भएको छ ।

स्थानीय कुमार काफ्लेको एक तले कच्ची घरमा आगलागी हुँदा एक  लाख बराबरको क्षती भएको हो । आगलागीबाट काठ, जस्ता, पराल लगायत जलेर नष्ट भएकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईंले बताए ।

आगलागी भएको करिब आधा घण्टा पछि नेपाल प्रहरी र स्थानीय बासिन्दा संयुक्त प्रयासमा अागो नियन्त्रणमा लिइएको प्रनाउ प्रसाईंले जानकारी दिए ।

shares