Breaking News

चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाली राष्ट्रपति र प्रधानमन्त्रीको बधार्इ

काठमाण्डौ, ४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन्।

शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन्। उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबार दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुत हुने विश्वास व्यक्त गरेको छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ पिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार भएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख छ ।  साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति पिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन् ।

-रासस

shares