Breaking News

राष्ट्रियसभा उपाध्यक्षका लागि निर्वाचन अाज

काठमाण्डौ, ४ चैत्र । माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले उम्मेद्वारी दिएपछि राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) ले उम्मेद‍्वारी दिएका छन् । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।

संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रूपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादी केन्द्रको स्पष्ट बहुमत भएकाले दाहाल विजयी हुने लगभग पक्का छ ।

राष्ट्रियसभाको अध्यक्षमा यसअघि नै नेकपा एमालेका उम्मेद्वार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भइसकेका छन् ।

shares