September 23, 2017

नेपाली राष्ट्रिय महिला फुटबल टोली र मलेसियाले २ मैत्रिपूर्ण खेल खेल्ने

काठमाण्डौ, ३१ वैशाख । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियासँग २ वटा मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

आगामी मे २२ र २४ मा मलेसियाको लिकास कोटा रंगशालामा दुई टोली भिड्ने पक्का भएको अखिल नेपाल फुटबल महासंघले जनाएको छ । मलेसियाको आग्रहमा उक्त खेल हुन लागेको महासंघले जनाएको छ । यस अघि सन् २०१६ को डिसेम्बरमा भएको दुई राष्ट्रिय टोलीको खेलमा नेपालले मलेसियालाई १–० गोल अन्तरले हराएको थियो ।

मलेसियासँग खेल्न नेपाली टोली तयार रहेको राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले बताएका छन् ।