राष्ट्रपति भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाण्डौ, ३० फाल्गुन । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए ।

मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् । भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।