July 21, 2017

‘दंगल’ १ हजार करोड कमाउने दोस्रो भारतीय चलचित्र

पोखरा, ३१ वैशाख । आमिर खान अभिनित फिल्म ‘दंगल’ ले पनि कमाईको हिसाबले कोशेढुङ्गा छोएको छ ।

‘दंगल’ ले विश्वभरिबाट १ हजार करोड कमाएर नयाँ किर्तिमान कायम गरेको हो । यसअघि दक्षिण भारतीय नायक प्रभास अभिनित ‘बाहुबली २ः द कन्क्लुजन’ ले पनि १ हजार करोड कमाई गरिसकेको छ । गत डिसेम्बर महिनामा रिलिज भएको ‘दंगल’ वास्तविक जीवनमा आधारित खेलकुदप्रधान चलचित्र हो ।

‘दंगल’ ले यसअघि नै सबै समयमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनिसकेको छ । साथै चीनमा सर्वाधिक कमाई गर्ने भारतीय चलचित्र पनि बनेको छ ।