प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

काठमाण्डौ, ३० फाल्गुन । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएको हो ।

सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पराजुली २१ साउनमै ६५ वर्ष उमेर पूरा गरेको परिषद्ले जनाएको छ ।

पत्रको अन्त्यमा भनिएको छ, ‘सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’