Breaking News

‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ अागामी चैत्र १६ गतेबाट सुरु हुदै

सम थापा / काठमाण्डौ ३० फाल्गुन । नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ आयोजना गरिएको यो बर्षको ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ आगामी चैत्र १६ गतेबाट सुरु हुने भएको छ ।

तीर्थयात्राबाट धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेश्यले भारतको हरिहरनाथबाट २०६८ साल देखि यो यात्रा प्रत्येक बर्ष अयोजना हुदै आएको छ ।

परापुर्वकालमा भारतको हरिहरनाथदेखि नेपालको मुक्तिनाथसम्म साधुसन्तहरुको निकै आवतजावत हुने गरेको इतिहास छ । परापूर्व कालमा पवित्र गंगा नदीको संगमस्थल भारतस्थित हरिहर क्षेत्रबाट गंगाको उद्गमस्थल नेपालको मुक्तिनाथ क्षेत्रसम्म नदीको किनारै- किनार तिर्थ यात्रा हुने गरेकोले यसको एतिहासिक महत्व रहदै आएको छ । त्यसैको निरन्तरताका रुपमा नयाँ पुस्ताले ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को आयोजना गर्दै आएको छ ।

यात्रामा चवन्य ऋषिको आश्रम, बाबा सोमेश्वरनाथ, वाल्मिकी आश्रम, गज ग्राहयुद्धको साक्षी त्रिवेणी धाम, देवघाट तथा अन्नपुर्ण क्षेत्र लगायतका थुप्रै हिन्दू आस्थाका केन्द्रहरु यस यात्राका महत्वपुर्ण गन्तव्य हुने गरेका छन ।

परापुर्वकालदेखि थालनी गरिएको यस यात्राको आफनै महत्व छ । ‘हरिहरनाथ – मुक्तिनाथ  सांस्कृतिक यात्रा’ भारतको सोनपुरबाट मुक्तिनाथसम्म नारायणीको संगमबाट उद्गमसम्मको देव तिर्थयात्रा हो ।

यसको चर्चा १८ महापुराणहरुमध्ये ५ वटामा पाईन्छ । हरिहरक्षेत्र धर्म दृष्टिबाट मान्य ७ तिर्थ क्षेत्रहरुमध्ये एक मुक्तिक्षेत्र १०८ दिव्य क्षेत्रहरुमध्ये प्रमुख हो । हिन्दू धर्मको मान्य परम्परा अनुसार चारधामको पुर्णता पनि यस यात्रा पश्चात नै सार्थक हुने मान्यता छ ।

यात्रामा भारत तथा नेपालका विभिन्न शक्तिपीठका दजैनौं पीठाधीश, सन्तमहन्त, समाजसेवी र सर्वसाधारणको समेत उल्लेखनिय सहभागिता रहदै आएको छ ।

चैत्र १६ गते भारतको गयामा विशेष महाआरती गरेर ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को शुभारम्भ गरिने आयोजक संस्था धर्म जागरण समन्वय समितिका सहसचिव अनुप सिंहले बताए ।

यस्तो छ यात्रा तालिका

पहिलो यात्रा टोली चैत्र १७ गते विहारको जहानावाद, पटना र सोनपुर हुदै नेपाल प्रवेश गर्नेछ । टोली नेपालको बेलटारी, सुरजपुरा, महेशपुर, कावासोती हुदै नारायणघाट पुग्ने  छ ।

यसैगरी दोश्रो यात्रा टोली विहारको बैरगनीया हुदै नेपालको चन्द्रनिगाहपुर पथलैया, हेटौडा हुदै नारायणघाट पुग्नेछ ।

चैत्र २१ गते नारायणघाटमा यी दुबै टोलीको भेट भएपछि यात्रा देवघाट हुदै पोखरा पुग्नेछ र चैत्र २२ गते बेनी, तातोपानी हुदै लेते र २३ चैत्रमा जोमसोम हुदै मुक्तिनाथको दर्शन सम्पन्न गरेर यात्रा टोली फर्किने छ ।

shares