Breaking News

अहिलेको समयमा नेपाली कांग्रेसको आवश्यकता छैन: प्रधानमन्त्री अोली

काठमाण्डौ, ३० फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताएका छन् ।

एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै संविधान समयको माग अनुसार संशोधन हुने भन्दै देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन भने नहुने बताएका हुन् ।

ओलीले अहिलेको समयमा देशमा नेपाली कांग्रेसको आवश्यकता नरहेको पनि बताए । विगतका परिवर्तनमा कांग्रेसको आवश्यकता भए पनि अहिलेको समयमा आफूहरूको आवश्यकता महसूस भएको ओलीको जिकिर थियो । ओलीले प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुखद भएको धारणा पनि राखे ।

त्यस्तै ओलीले एमाले र माओवादीबीच पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् । देशको आर्थिक स्थिति कमजोर भएको भन्दै ओलीले स्वेशपत्र जारी गरेर देश विकासको काम सुरु गर्ने बताए । त्यस्तै ओलीले कानुनअनुसार सबैखाले अपराधीलाई कडा कारबाही गरिने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकका विभिन्न स्थानमा जनप्रतिनीधिमाथि आक्रमण हुनु दुखद कुरा भएको उल्लेख गरे । उनले प्रतिकृयावादीहरूले परिवर्तनकारी शक्तिलाई असफल बनाउने षडयन्त्र गरिरहेको बताए ।

संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्ट्रियसभा तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका सांसदहरूलाई धन्यवाद दिन ओलीले चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

shares