Breaking News

भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुँदैन: गृहमन्त्री थापा

काठमाण्डौ, ३० फाल्गुन । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

नेपाल मगर संघले बुधबार काठमाण्डौमा गरेको सम्मान कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा नचल्ने उल्लेख गरे ।

उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको भन्दै शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस्तै उनले दण्डहिनतालाइ प्रश्रय दिने जो कोहिलार्इ पनि कारबाहीको दायरामा ल्याउन सरकार तयार रहेको धारणा राखे ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा मगर समुदायबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

shares