August 19, 2017

सुनसरीमा बस र स्कारपियो ठोकिँदा एक भारतीय नागरिकको मृत्यु, १२ घाइते

अमर काफ्ले / सुनसरी, ३१ वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा लौकही सडक खण्डमा भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिक सवार बि आर ४३ पि १२७१नम्बरको स्कारपियो  विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६४३६ नम्बरको यात्रुबससँग ठोकिन पुगेको थियो । भोक्राहास्थित वैष्णोदेवी पेट्रोले पम्प नजिक बस र स्कारपियो एक आपसमा ठोकिँदा भारतीय नागरिकको ज्यान गएको छ । मृत्यु हुनेको परिचय भने खुल्न नसकेको प्रहरीले बताएकाे छ ।

त्यस्तै दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने अरु घाइतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।