Breaking News

दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दिप प्रज्वलन

काठमाण्डौ, २९ फाल्गुन । यूएस बाङ्ला एयरवेज दुर्घटनामा ज्यान गुमाएकाहरूको चीर शान्तिका लागि काठमाण्डौको माईतिघरमा दिप प्रज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ लगाएतले माईतिघरमा दिप प्रज्वलन गरेका हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना र मृतकहरूको चीर शान्तिका लागि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मैनबत्ती बालेर मौनधारण समेत गरेका थिए । त्यस्तै उनीहरूले घाइतेको शीघ्र स्वास्थ्य-लाभको कामना समेत गरेका छन् ।

shares