Breaking News

राष्ट्रपति निर्वाचनको मतगणना जारी

काठमाण्डौ, २९ फाल्गुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

मतगणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी रहेको हो । आयोगका अनुसार ८ सय ८० मतदाता सांसदमध्ये ८ सय ६२ जनाले मतदान गरेका छन् । ३२६ जना संघीय संसदका सदस्य र ५३६ जना प्रदेश सभाका सदस्यहरु गरी कूल जम्मा ८६२ जना सदस्यहरूले मतदानमा भाग लिएका हुन् ।

१८ जना सांसद भने अनुपस्थित रहे । अनुपस्थित हुनेमा १३ जना प्रदेश सांसद र ५ जना संघीय सांसद रहेका छन् । निर्वाचनमा संघीय संसदका सदस्यहरु ३३१ जना र प्रदेश सभाका सदस्यहरु ५४९ जना गरी जम्मा ८८० जना निर्वाचन मण्डलका सदस्य थिए ।

मतदानका लागि संघीय संसदका सदस्यहरू र प्रदेश सभाका सदस्यहरूका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो । राष्ट्रपतिको प्रतिष्पर्धामा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट पूर्व सांसद कुमारी लक्ष्मी राई रहेका छन् ।

shares