Breaking News

विमान दुर्घटनामा घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाण्डौ, २९ फाल्गुन । बंगलादेशी विमान दुर्घटनामा घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेकाहरूमध्ये काठमाडौं मेडिकल कलेजमा ६ जनाको आइसियूमा, १ जना सर्जरी वार्ड, ३ जना पलास्टिक सर्जरी वार्डमा गरी १० जनाको उपचार भइरहेकोे छ । यस्तै अस्पतालबाट ६ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

त्यस्तै ४ जनाको ग्राण्डी अस्पताल धापासी, नर्भिक अस्पताल थापाथली र ओम अस्पताल चावहिल, बासवासी न्यूरो तथा मेडिसिटि अस्पताल भैंसेपाटीमा एक एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तैै विमान दुर्घटनामा परी ज्यान गुमाउनेको शव परिवारको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । मृतक सबैको शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ । विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न समस्या भएको छ । ३७ वटा शव जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

यस्तै बंगलादेशी विमान दुर्घटनाको अवस्थाबारे जानकारी लिन उच्चस्तरीय टोली नेपाल आएको छ । बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र राज्यमन्त्री नेपाल आएका हुन् । बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम १३ सदस्यीय टोलीका साथ काठमाडौं आइपुगेका छन् । टोलीमा त्यहाँका सुरक्षा अधिकारी पनि छन् ।

shares