रसुवाको प्राङ्से पात्ले सडक-संञ्जालमा जोडियो

रसुवा, २९ फाल्गुन । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक-संञ्जालमा जोडिएको छ । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक संजालमा जोडिएको हो।

रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियानस्वरूप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरी गत माघ २७ गते जिल्लालाई उपलव्ध गराएका थिए ।

गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्बाइ ३ किलोमिटर रहेको छ । रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हालसम्म ७ किलोमिटर ग्रामीण सडक निर्माण भै सकेको छ।

यसअघि कालीका गाँउपालिकाको लामाटोलदेखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो । बाटो निर्माणका लागि स्काभेटर र डोजर संञ्चालन गर्न आवश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो ।

अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक संञ्जालसंग जोड्न बाटो खन्ने काम सुरु गर्ने सांसद आचार्यले बताए।