Breaking News

मुलुकको अबको ध्यान समृद्ध नेपालका लागि हुनुपर्छ: शंशाङ्क कोइराला

काठमाण्डौ, २९ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाङ्क कोइरालाले अब सबैको ध्यान समृद्ध मुलुक निर्माणमा हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति पदका निर्वाचनस्थल संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री कोईरालाले संविधान कार्यान्वयनको अन्तिम चरणमा रहको भन्दै मुलुकको अबको ध्यान समृद्ध नेपालका लागि हुनुपर्ने बताए ।

त्यस्तै उनले वर्तमान राष्ट्रपतिको भूमिकाप्रति कांग्रेसले आपत्ती जनाएका कारण नै राष्ट्रपति पदमा उम्मेद्वार उठाएको बताए । उपराष्ट्रपतिको उम्मेद्वारका बारेमा भने पार्टीभित्र छलफल हुने उनको भनाइ छ ।

त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले अहिले नै सरकारमा जान हतार नगर्ने बताए । उनले संविधान संसोधनको मुद्धालाई सम्बोधन भए सरकारमा जाने जिकिर गरे ।

प्रदेश नंबर २ मा वाम-गठबन्धनले आफूहरूलाई सघाएकाले राष्ट्रपति निर्वाचनमा आफूहरूको वाम-गठबन्धनलाई समर्थन रहेको उनले बताए ।

shares