Breaking News

संविधान कार्यान्वयन प्रक्रिया आधारभूत रूपमा पूरा भएको दाहालको भनाइ

काठमाण्डौ, २९ फाल्गुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन प्रक्रिया आधारभूत रूपमा पूरा भएको बताएका छन् ।

राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनसँगै सुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रूपमा पूरा भएको भन्दै उनले निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएको धारणा राखे ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीपरिषद्का विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए । त्यस्तै, उनले अबको यात्रा विकास र समृद्धितिर हुने पनि उल्लेख गरे ।

shares