Breaking News

‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने’

काठमाण्डौ, २९ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सम्बन्धित दलहरूसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरू प्रयत्नशील रहने बताए ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरूलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । सबै निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएको भन्दै उनले खुसी व्यक्त गरे ।

shares