Breaking News

देउवाले भेटे अस्पतालमा उपचाररत विमान दुर्घटनाका घाइते

काठमाण्डौ, २९ फाल्गुन । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरूलाई अस्पताल पुगेर भेट गरेका छन् ।

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतहरूसँग भेट गरेका हुन् । उनले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न आफूले सरकारसँग माग गरिसकेको बताएका थिए ।

देउवाले दुर्घटनामा परेका घाइतेहरूको निशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने पनि बताए । ‘सर्वप्रथम म तपाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ देउवाले घाइतेहरूसँगको भेटमा भने, ‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’

देउवाले दुर्घटना भएलगत्तै एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न, उद्दार कार्यमा तदरुकता अपनाउन र विमान दुर्घटनाको तत्काल छानबिन समिति गठन गर्न आग्रह गरेका थिए ।

shares