Breaking News

बंगलादेशका नागरिक उड्ययन र परराष्ट्र मन्त्री नेपाल आउने

काठमाण्डौ, २९ फाल्गुन । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् । सोमबार भएको विमान दुर्घटनाबारे जानकारी लिन उनीहरू नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी गराए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा घाइते हुनेहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तहरूसमेत नेपाल अाउन लागेको बताइएको छ । यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

shares