September 23, 2017

पञ्जाबविरुद्ध टस जितेर पुने फिल्डिङ गर्दै

काठमाण्डौ, ३१ वैशाख । आइपिएल अन्तर्गत आजको पहिलो खेलमा राइजिङ पुने सुपरजायन्ट्स र किंग्स एलाभेन पञ्जाबबीच खेल हुँदैछ ।

पुनेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा पुनेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । पुने पहिलेकै टिम लिएर मैदानमा उत्रिएको छ भने पञ्जाबले म्याट हेनरीको स्थानमा इयोन मोर्गन र मनन बोहराको स्थानमा स्वाप्निल सिंहलाई खेलाउने भएको छ ।

प्लेअफमा स्थान बनाउनका लागि दुबै टिमलाई आवश्यकता रहेको छ । दाेस्राे खेलमा भने दिल्ली डेयरडेभिल्स र राेयल च्यालेन्जर्स बैग्लाेर भिड्दैछन् ।