Breaking News

मर्यादित भएर संसदीय अभ्यासमा केन्द्रित हुन सासंदहरूलाई एमालेको निर्देशन

काठमाण्डौ, २९ फाल्गुन । प्रमुख सत्तारूढ दल नेकपा एमालेले मर्यादित भएर संसदीय अभ्यासमा केन्द्रित हुन सासंदहरूलाई निर्देशन दिएको छ ।

मंगलबार बिहान पार्टी कार्यालय धुम्वाराहीमा प्रदेशसभा सदस्य र संघीय संसदका सदस्यको भेला आयोजना गर्दै एमालेले यस्तो निर्देशन दिएको हो । त्यस्तै प्रदेश र संघीय संसदमा रहेर पार्टीबाट खेल्नुपर्ने भूमिकामा ख्याल राख्न पनि एमालेले निर्देश गरेको छ ।

भेलामा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल केन्द्रित भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि विभिन्न प्रदेशबाट काठमाण्डौ आएका सांसदहरूसंग परिचयात्मक कार्यक्रमको लागि पनि भेला आयोजना गरिएको भट्टराईले बताए ।

नेपालको तेस्रो तथा नयाँ संविधान अनुसार भएको चुनावपछिको पहिलो राष्ट्रपति चयनका लागि हुने निर्वाचनको लागि एमालेका सासंदहरू काठमाडौं केन्द्रित भएका हुन् ।

shares